भिडियो सहितहेर्नुहोस !
Advertisement
कावासोती, २ असार । नवलपरासीमा भएको सवारी दुर्घटनामा ३८ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहर–६ झरही खोला पुलमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ४९२२ नंको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ८६१३ नंको ट्रक आपसमा ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । घाइते सात जनाको चितवन मेडिकल कलेज भरतपुर र अन्य ३१ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र त्यसका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने २४ वर्षीय राजेश चौधरी प्रहरी नियन्त्रणमा छन् । बस चालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment