मेस्सिको सन्यासको घोषणाले अर्जेन्टिनामा रुवाबासी, राष्ट्रपतिले फोन गरेरै यस्तो सम्म भनेपछि

भिडियो सहितहेर्नुहोस !
Advertisement

messiएजेन्सी- अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका लियोनल मेसीलाई राष्ट्रिय टोलीमा फर्कन आग्रह गरेका छन्।

राष्ट्रपति माउरिसियोले आफैले मेसीलाई फोन गरेर सन्यासको निर्णयबाट पछि हटेर टोलीमा फर्कन आग्रह गरेका हुन्।
सोमबार अमेरिकाको न्यूजर्सीमा भएको कोपा अमेरिका फुटबलको उपाधि भिडन्तमा चिलीसँगको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेका मेसीले अर्जेन्टिनाले हार ब्यहोरेपछि अर्जेन्टिनी टेलिभिजनसँगको कुराकानी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। तर, सन्यासको घोषणा गरे लगत्तै अर्जेन्टिनाका राष्ट्रपति म्याक्रीले मेसीलाई फोन गरेर अरुको आलोचना नसुन्न सुझाव दिँदै टोलीमा फर्कन आग्रह गरेका हुन्। राष्ट्रपति माउरिसियोले मेसीलाई भनेको कुरा उद्रित गर्दै उनका प्रवक्ताले एएफपीसँग भनेका छन्,‘उहाँ (राष्ट्रपति)ले मेसीलाई भनेका छन्, मेसी तिमी र अर्जेन्टिनी टोलीको प्रदर्शनबाट हामी खुशी र सन्तुष्ट छौं। अरुले गरेका आलोचना नसुन।’ राष्ट्रपति मार्सीले मेसीको पक्षमा आफ्नो ट्वीटरमा समेत लेखेका छन्। उनले भनेका छन्,‘मलाई आशा छ मेसी तिमी र अर्जेन्टिनी फुटबल टिमको राम्रो प्रदर्शन विश्वमै उत्कृष्ट रहेको वर्षौ वर्ष देख्न पाइराखियोस्।’ श्रोत सेतो पाटि
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment