भिडियो सहितहेर्नुहोस !
Advertisement
काठमाडौं, ८ असार । आफन्तलाई होईन आफन्तको शवलाई कुरेर बस्नु पर्दाको पीडा तपाईं हाम्रो मुटुुले कल्पना गर्न पनि सक्दैन् । तर, त्यहि कोमल मुटुु बोकेका नेपालीका १२ परिवारमा एकै पटक यो बज्रपात पर्यो । आफ्नो जून जस्तो चम्किलो जीवन छाडेर आफन्तको उज्यालो भविष्यका लागि अफगानिस्तानको काबुलमा पसिना बेच्न पुुगेका १२ नेपालीले एकै पटक ज्यान गुमाए । यहि असार ६ गते आतंककारी हमलामा परि ज्यान गुमाएका १२ जनाको शव बुधबार बिमानस्थल झर्दा त्यहाँको दृष्यले आँखा नरसाउँने कमै थिए ।
कुर्नु त्यसैत पीडादायी हुन्छ मान्छेको जीवनमा । त्यसमाथि अब कोहि कहिल्यै फर्किदैन, उसको शव बुुझेर अन्तिम बिदाई गर्नु छ भन्ने भाव सहित पर्खिनुुको पीडा कस्तो देखिन्छ होला आफन्तको आँखामा । हो यहि दृष्य देखियो बुधबार काठमाडौंकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा । शिरको सिन्दुर पुछेर श्रीमानको लाश कुर्ने श्रीमती हुन् अथवा बुढेसकालको सहारा गुमाएर सन्तानको लाश कुरि बसेका अभिभावक सबैका आँखा आँसु समेत सकिएर सुख्खा बनेका थिए ।जब आफ्ना सपना त्यागेर देश छाडेका १२ नेपालीको शव एकैपटक बाकशमा फर्किन्छ त्यो परिवार मात्रै होईन सिङ्गो देश नै शोकमा डुुबेको छ । शोकाकुल देशको प्रतिनिधित्व गर्दै भावुक मुद्रामा विमानस्थल पुुगेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा परराष्टमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बहादुर बस्नेत, श्रममन्त्री दीपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोख्रेल लगायतका मन्त्रीले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
यसैबीच, विमानस्थलबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री कमल थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत काबुल घटनामा मारिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै, बुधबार अपरान्ह ल्याई पुराईएको मृतकको शव बुधबार नै आफन्तलाई बुुझाईएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment