‘डन’ दीपक मनाङ्गेको अर्को लफडा

भिडियो सहितहेर्नुहोस !
Advertisement

dan manage



काठमाडौं, ७ असार । गत साताको मंगलबार डन दीपक मनाङे (राजिव गुरुङ) को अदालतमा सम्पत्ति शुद्विकरण मुद्दाको पेशी थियो । अन्य मुद्दाको चापका कारण न्यायाधीशले उक्त मुद्दा हेर्न भ्याएनन् ।त्यसपछि अर्को पेशीका लागि उनी फाँटमा गए । फाँटका एक कर्मचारीले साउनमा पेशी राखिदिने बताइन् । ‘होइन, असारमै राख्नोस्’, डनकै शैलीमा थर्काउँदै उनले भने, ‘जसरी पनि असारमै राख्नुपर्छ ।’
महिला कर्मचारीलाई औंला तेस्र्याएपछि ती कर्मचारी पनि केही बोल्न सकिनन् । असार १३ गतेका लागि पेशी राखिदिइन् । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
प्रहरी इन्काउन्टरपछि गुण्डा नाइकेहरु सुध्रिए भन्ने विश्वास थियो । तर, अदालतमै धाकधम्की गरेपछि अदालतका कर्मचारीहरुसमेत घटनाले चकित भए । ‘हामीलाई समेत धम्क्याउनेहरुले बाहिर सर्वसाधरणलाई कति दुःख दिन्छन् होला ?’ एक कर्मचारीले गुनासो गरे ।
मनाङेसतिह विशेष अदालतमा ५ जना डनहरुविरुद्वको मुद्दा विचारधिन छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका सहयोगमा सम्पत्ति शुद्विकरण अनुसन्धान विभागले तीन वर्षअघि ५ डनहरुविरुद्व मुद्दा दायर गरेको थियो ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment