काेशीमा पानीकाे बहाव बढयाे : ५६ मध्ये २१ ढाेका खाेलीए

भिडियो सहितहेर्नुहोस !
Advertisement

koshi bridge




इटहरी ।गए राती पुर्वी भेगमा आएको अविरल वर्षाका कारण सप्तकोशी नदिमा पानीको बहाव अकस्मात बढेको छ । मंगलबार बिहान कोशी ब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ ।
तर दिउँसो पानीको बहाव घटेर १ लाख ९ हजार ४ सय ८० क्युसेक पानीको बहाव पुगेको छ । ब्यारेजका ५६ मध्ये अहिले २१ ढोका खोलेर पानीलाई निकास दिइएको छ । अविरल वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्न सक्ने भए पनि अवस्था खतराबाहिर रहेको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिएका छन् ।चापागाईका अनुसार आजै सुनसरीको चतरा स्थित सप्तकोशी नदिमा बाढिको पुर्व सतर्कता अपनाउने मेसिन ( राडर) जडान गरिएको छ । जल उत्पन प्रकोप महाशाखाको सक्रियतामा उक्त राडर जडान गरिएको हो । बाढिको प्रभावको बारे जानकारी दिने तथा क्षति न्युनिरकण गर्न राडरले सहयोग गर्ने चापागाईले बताएका छन् ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment