भिडियो सहितहेर्नुहोस !
Advertisement

चितवन, ७ असार । सामान्य वर्षात्सँगै नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन नपाउँदै भालुढुङ्गामा पहिरो खसेपछि आवागमन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।मुग्लिनबाट चारकिलो नारायणगढतर्फ चन्डिभन्ज्याङ–५ स्थित चार किलो भन्ने ठाउँमा सडकमाथिबाट आज बिहान ७ः३० बजे पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।
मध्याह्न १२ बजे मुग्लिनबाट नौ किमीमा पर्ने भालुढुङ्गामा पहिरो खसेपछि सो स्थानमा पनि सडक एकतर्फी मात्र सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । रासस
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment