बुटवलबाट हतियारसहित एकजना पक्राउ

भिडियो सहितहेर्नुहोस !
Advertisement

बुटवल, ११असार । प्रहरीले हतियारसहित रुपन्देहीको लुम्बिनीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । लुम्बिनीस्थित बुद्ध गार्डेन होटलबाट शुक्रबार राति लुम्बिनी सांस्कृतिक नगरपालिकाको एकला निवासी जमाल मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रातिको समयमा हतियारसहित होटलमा बसिरहेका बेला इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले मुसलमानका साथबाट कटुवा पेस्तोल बरामद गरेको छ । उनलाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment