भारतबाट नेपाल भित्र्याइएको अवैध चल्ला सहित दुई जना पक्राउ

भिडियो सहितहेर्नुहोस !
Advertisement
e13a8c07-b05b-46f9-a579-f5c389dbe654उमेश दुबे
बारा, १४ असार । भारतबाट अवैध तरिकाले भित्र्याइएको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । बाराको सीमाना नाका हुदै भित्रिएको अवैध चल्ला सशस्त्र प्रहरीले बरामद गरेको हो ।
चल्ला तस्कर संगठनहरुले बारा तथा पर्सा जिल्लाको बिभिन्न नाका हुदै अवैध तरिकाले नेपाल भित्रयाउने क्रम जारी राखेकै बेला मध्यक्षेत्रिय सशस्त्र प्रहरी कार्यालय, पथलैयाले पक्राउ गरेको हो ।
दुई वटा भारतीय नम्बरको मोटरसाइकलमा भारतबाट अवैध तरिकाले चल्ला भित्र्याइरहेको सूचना पाउन साथ मध्यक्षेत्रिय सशस्त्र प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले मोटरसाइकलमा लोड गरिएको करिब ३ हजार चल्ला सहित दुई जना तस्करलाई पक्राउ गरेको हो ।
c6486604-e642-44e8-9168-0458744bcd67
भारतको सहदेवा, महदेवा निवासी अर्जुन यादव र बिदेश यादवले बिआर ०५ जे ३०७७, बिआर ०६ एबी २२८८ नम्बरको होन्डा कम्पनीको साइन मोटरसाइकल नियन्त्रणमा लिएको छ । बारा तथा पर्सा जिल्लाको सीमाना नाकाहरुबाट १ हप्ता नबितिदै ४ चोटी प्रहरीले पक्राउ गरिएपनि चल्ला तस्करी रोकिएको छैन् ।
पक्राउ गरिएको चल्ला बि.ओ.पी. मटीअर्वामा राखी स्थानियवासी, पशु क्वारेन्टाइन तथा संचारकर्मीहरुको रोहबरमा नष्ट गरिएको छ भने पक्राउ गरिएको दुई जना तस्करलाई पशु क्वारेन्टाइनको जिम्मा लगाइएको तथा बरामद भएको मोटरसाइकल राजस्व अनुसन्धान कार्यालयमा बुझाउने बि.ओ.पी. मटीअर्वाका सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले जानकारी दिए ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment