सडक अवरुद्ध पारेर प्रधानमन्त्री ओलीले गरे योगा (भिडियो सहित)

भिडियो सहितहेर्नुहोस !
Advertisement

 काठमाडौं, ७ असार । विभिन्न बहानामा सडक अवरुद्ध गरेर आफ्नो कार्यक्रम गर्नु नेपालमा अनौठो होइन । तर, संविधान कार्यान्वयनमा आफू दृढतापूर्वक लागेको बताउने वर्तमान सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने सडक अवरुद्ध गरेर आफ्नो कार्यक्रम गर्नु कत्तिको न्यायोचित हो ?
आन्दोलन, र्याली, प्रदर्शन लगायतका कार्यक्रममा सडक अवरुद्ध गर्ने गरिएको भएपनि मंगलबार बिहान सरकारले नै काठमाडौंको दरबारमार्ग अवरुद्ध गरेर आफ्नो कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय योग दिवस मनाउने बहानामा सरकारले सो मार्ग अवरुद्ध गरेको हो । सडक अवरुद्ध गरेर गराइएको योग शिविरमा प्रधानमन्त्री ओली समेत उपस्थित थिए ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सरकारका तर्फबाट मंगलबार दरबारमार्गमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री चित्रबहादुर केसी, स्वास्थ्यमन्त्री रामजनम चौधरी, कानुनमन्त्री अग्नि खरेल, वन मन्त्री अग्नि प्रसाद सापकोटा लगायत मन्त्री तथा नेपालका लागि भारतीय राजदूत रञ्जित रे समेत सहभागी थिए ।
खुलामञ्च, टुंडिखेल, रंगशाला लगायत काठमाडौंका खुला स्थान छाडेर सडक नै अवरुद्ध गरि सरकारले दरबारमार्गमा विशेष कार्यक्रम गरेको हो ।
सो क्रममा प्रधानमन्त्री ओलीले २०७२ पुस २ देखि ४ गतेसम्म लगातार ५० घन्टा १५ मिनेट योग गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो कीर्तिमान कायम गर्ने उत्तम मोक्तानलाई ५१ हजार राशि सहित पुरस्कृत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योग नेपाली भूभागकै उत्पत्ति भएको बताए ।
संयुक्त राष्ट्र सङ्घले ११ डिसेम्बर २०१४ मा हरेक २१ जुनलाई दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment