भिडियो सहितहेर्नुहोस !
Advertisement

काठमाडौं, ८ असार । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) का कार्यकर्ताबीच कुटाकुट भएको छ । काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा आयोजित नेविसंघको कार्यक्रममा गुटगत विवादले कुटाकुट भएको हो ।
कुटाकुट हुँदा केन्द्रीय सदस्य इन्दु शर्मा घाइते भएको र उनको अहिले मोडल अस्पतालमा उपचार भइरहेको नेविसंघका पूर्व सदस्य गणेश सापकोटाले मिडिया एनपीलाई जानकारी दिए ।
उनका अनुसार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेपछि फ्लोरबाट कार्यक्रम गुटगत जस्तो देखिएको भन्दै विरोध भएपछि कुटाकुट भएको हो ।
महाधिवेशनको पूर्वसन्ध्यामा भएको यो आक्रमणले अझै पनि महाधिवेशन हुन नदिने उद्देश्य नेतृत्वको देखिएको सापकोटाको आरोप छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment