भिडियो सहितहेर्नुहोस !
Advertisement

अबिरल वर्षाले विराटनगर डुबानमा विराटनगर, आज बिहानदेखि जारी अबिरल वर्षाका कारण विराटनगरको दर्जनाँैं घरमा पानी पसेको छ भने सडकहरु भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ ।विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नपाउँदा अधिकांश व्यक्तिको घरमा पानी पसेको हो ।बिहान ५ः३० बजेदेखि जारी अबिरल वर्षाले गर्दा बसपार्क डुबानमा परेका छन् । बजारका मुख्य सडक पनि जलमग्न अवस्थामा देखिन्छन् । मानिस घरबाट बाहिर निस्कन आँट गरिरहेका छैन् । लगातार वर्षाका कारण विराटनगर विमानस्थलसमेत प्रभावित भएको छ । बिहानदेखि कुनैपनि विमान अवतरण नभएको विराटनगर विमानस्थलले जनाएको छ । निरन्तर रुपले वर्षा भइरहेका कारण मोरङ जिल्ला भएर बग्ने नदीको जलस्तर वृद्धि भएको छ । बाढीबाट अतिप्रभावित मधुमल्ला र हसन्दहको जनजीवन कष्टकर बनेको छ । ती दुई गाविसमा केही दिनअघि खोलाको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित भएका थिए ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment