भिडियो सहितहेर्नुहोस !
Advertisement
इटहरी, असार १५ / इटहरी डुवानको मुख्य समस्याको रुपमा रहेको शेरा खोलालाई बहाव परिवर्तन गर्ने कार्य शुरु गरिएको छ । इटहरीको विच भागबाट बग्ने ट्यांग्रा खोलाको मुख्य स्रोतको रुपमा रहेको शेराखोलाले इटहरीवासीलाई पटक पटक दुख दिँदै आएको थियो । इटहरीका स्थानियले शेरा खोलाको सतह जमिन भन्दा माथि हुँदा समस्या उत्पन्न भएको बताए ।स्थानियले यसको दीर्घकालिन समाधानका लागि जोड दिन सम्बिन्धित निकायलाई आग्रह गरेका छन् । स्थानिय वालकृष्ण विष्टले खोलाले वर्षेनी बगाएर ल्याउने गिटि वालुवा तथा ढुँगाले सतह उच्च भएको भन्दै त्यसलाई उत्खनन गर्नु पर्ने आश्यकता औल्याए । त्यस्तै प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन समिति इटहरीका सँयोजक हेमकर्ण पौडेलले पनि खोलाको सतम वर्षेनी उच्च हुँदा समस्या निम्तिएको बताए ।उनले खोलाको सतह उच्च बनाउने ढुंगागिटीलाई उत्खनन् गरे मत्र दिर्घकालिन समाधानको बाटो पैलाउन सकिने बताए । वर्षेनी अस्थाई तटवन्धन बनाए पनि बाढिले बगाए पछि उपमाहानरपालीको लगानी त्यसै खेर गइरहेको पौडेलले बताए । इटहरी उपमाहानगरपालीकाले विपत समितिनै तयार गरेर प्राकृतीक प्रकोप क्षति न्युनिकरण गर्ने योजना बनाएको हो । नेपाली काँग्रेस नगर सभापती हेमकर्ण पौडेलको सँयोजकत्वमा रहेको उक्त समितिले विपत न्युनिकरण गर्ने कार्य गर्नेछ ।
इटहरी उपमाहानगरपालीकाका कार्यकारी अधिकत महेशराज तिम्सिनाले खोलाको दिर्घकालिन समस्या समाधानका लागि उपाय खोजिरहेको बताए ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment