एसएसपी सर्वेन्द्र खनाल अमेरिका आउने

भिडियो सहितहेर्नुहोस !
Advertisement

Khanal...राष्ट्रपति ओबामाका सल्लाहकारलाई भेट्ने वाशिंगटन डिसी, ११ असार । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल अमेरिका आउने भएका छन् । आगामी जुलाई २ देखि ४ गतेसम्म हुन गइरहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मासहित नेपाल प्रहरीका चर्चित एसएसपी खनाल अमेरिकाको लस एन्जेलसमा आउने उक्त सम्मेलनका सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले बताए । नेपलीज अमेरिकन सम्मेलनको कार्यक्रमको लागि ओबामा कि सल्लाहकार समितिकी सदस्य संजिता प्रधान तथा विश्व बैंकको अन्तर राष्ट्रिय व्यापार ईकाईमा काम गरि सकेका वरिष्ट अर्थ शास्त्री स्वर्णिम वाग्ले पनि सहभागी हुने भएका छन् ।सम्मेलनमा संगोष्ठी (फोरम )कार्यक्रम संचालन हुने भएकोले बिबिध क्षेत्रका व्यक्तिहरु मध्ये ४ जनालाई छनौट गरिएको आयोजकले बताएका छन् ।प्रथम पटक आयोजन हुने र बिशेष त युवाहरुको नेतृत्वमा संचालित हुने ३ दिन सम्म चल्ने सम्मेलनको लागि बिशिष्ट व्यक्तिहरु सहभागिता हुने छन् । नेपलीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने सुबेदीले दिए ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment