विषादीमुक्त घोषणा गरिएको जुम्लामा विषादीको प्रयोग बढ्दो

भिडियो सहितहेर्नुहोस !
Advertisement

poisoned-vegetables-दानबहादुर बूढा,जुम्ला- जुम्ला जिल्लालाई बिषादी मुक्त जिल्ला घोषणा गरिए पनि खलाङ्गगा बजार,तातोपानी र सिंन्जा भेगमा भने अझै बिषादी प्रयोग हुँदै आएको पाइएको छ । ती क्षेत्रमा धान गोड्नको लागि सजिलो होस् भनेर खेतमा झारपात नउमे्रने बिउटाकुलर बिषादी प्रयोग गरिएको पाइएको हो ।महिलाहरुलाई धान खेतमा काम गर्दा सजिलो हुने र समय पनि कम लाग्ने भएकोले जुम्लाको सिंँजा क्षेत्रमा जेठको पहिलो हप्ताबाट धान रोपाई सुरु हुने समयमा नै धान खेतमा बिउटाकुलर नामक बिषादी प्रयोग गरिदै आएको छ । सिन्जा क्षेत्रमा रहेका तरकारी पसल ,भाडा पसल,स्टेशनरी पसल ,दैनिक उपभोग्य पसलमा धान खेतमा झारपात नउम्रने बिउटाकुलर बिषादी खुलेआम खरीद बिक्री हुँदै आएको छ ।

२०६४ सालमा १४ औं जिल्ला परिषदबाट जुम्ला जिल्लालाई अग्र्यानिक र बिषादी रहित जिल्ला बनाउने उदेश्यले जिल्लाभित्र रहेको खेतीयोग्य जमिनमा कुनै प्रकारको बिषादी प्रयोग नगर्ने प्रतिवद्दता सहित बिषादी मुक्त जिल्ला घोषणा गरिएको थियो । तर सरेकारवाला निकायबाट प्रभावकारी अनुगमन नहुँदा अहिले सदरमुकाम खलाङ्गगा बजार लगायत सिन्जा भेग ,तातोपानी क्षेत्रमा खुलोआम बिषादी प्रयोग हुँदै आएको हो ।
जुम्ला जिल्लामा धान रोपाई हुने जमिन २९ सय हेक्टर क्षेत्रफल रहेको छ भने सिंन्जा क्षेत्रमा ११ सय हेक्टर धान खेतमा धान खेती हुँदै आएको छ । बिभिन्न प्रकारका बिषादीहरु प्रयोगले गर्दा जुम्लामा उत्पादन हुने रैथाने कालीमार्सि ,चन्दनाथ १ ,चन्दनाथ ३,लेकाली १ र लेकाली ३ जातका धानका प्रजातिहरु लोप हुने अवस्थामा पुगेका छन् । पछिल्ला वर्षहरुमा बिभिन्न प्रकारको बिषाधी प्रयोग गर्ने प्रवृत्ति बढेको स्वीकार्दै बिषादी प्रयोग नगर्न पत्र पत्रिका रेडीयोबाट जनचेतना मुलक सन्देश दिईएको र समय समयमा अनुगमन समेत गरिदै आएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख भरत कडेलले बताउँनुभयो ।
नयाँ नयाँ उत्पादित बिउको धान प्रयोग हुने भएकोले पुरानो कालीमार्सी धान लोप हुँदै गएको कृषकहरुको भनाइ छ । महिलालाई गोडमेलमा सहज हुने र झारपात समेत कम हने भएकोले अहिले धेरैजसोले बिषादी प्रयोग गर्न थालेको कनका सुन्दरी ४ का कृषक लालसिंह बुढाले बताउँनुभयो ।
यसरी कृषकहरुले आफ्नो क्षणिक सहजताका लागि अन्धधुन्दा रुपमा विषादीहरु प्रयोग गर्दा एकातिर स्थानीय उत्पादनहरु लोप हुने खतरा बढेको छ । यो जुम्लालाई विषादीमुक्त जिल्ला घोषणा गरेको स्थानीय प्रशासनका लागि कडा चुनौति पनि हो ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment