घरबाट फर्केको १८ औं दिनमा दुखद खवर

भिडियो सहितहेर्नुहोस !
Advertisement

घरबाट फर्केको १८ औं दिनमा दुखद खवर




चितवन–अफगानिस्तानको राजधानी काबुल विष्फोटमा ज्यान गुमाउने चितवनका कृष्णबहादुर ढुंगाना घर विदामा आएर १८ दिनअघि मात्रै कार्य क्षेत्र फर्केका थिए। ‘अस्ती भर्खर फर्केको हो आज यस्तो दुखद खबर सुन्नु पर्यो’, कृष्णका बुबा उत्तरकुमार ढुंगनाले भने। चितवन प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) वसन्त कुँवर परिवार सम्पर्कमा आएको र दिवंगत कृष्णको शव ल्याउने विषयमा छलफल हुँदै गरेको  बताए।
    पहिला नेपाली सेनामा जागिरे रहेका ढुंगना चार वर्ष पहिले अफगानिस्तान गएका थिए। पूर्वी चितवनको चैनपुरका ढुंगाना त्यसअघि दुई वर्ष दुबई गएर पनि काम गरेका थिए। काबुलमा क्यानेडियन दूतावासका साथै विभिन्न क्षेत्रमा काम गर्ने नेपाली सुरक्षा गार्डलाई लिएर गएको वस आत्मघाती विष्फोटमा पर्दा सोमबार १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो ।
    सो घटनामा चितवनका ढुंगनाको ज्यान जानुका साथै चितवनकै अन्य दुईजना कृष्णबहादुर देउजा र मानबहादुर थापा घाइते छन् ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment