विमानस्थल हमलामा कम्तीमा ३६ जनाको मृत्यु भिदियो हेर्नु होस्

भिडियो सहितहेर्नुहोस !
Advertisement
युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ३६ जनाको ज्यान गएको छ।
आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्।
युरोपकै व्यस्तमध्येका एक मानिने इस्तानबुलस्थित आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त हमलामा ३ जना आक्रमणकारी संलग्न रहेको बताइएको छ।
अधिकारीहरुका अनुसार आक्रमणकारीहरुले विमानस्थलको प्रवेश विन्दुदेखि टर्मिलसम्म गोली चलाएका थिए र सुरक्षाकर्मीले जवाफी फायरिङ्ग शुरु गरेपछि उनीहरुले आफूलाई विस्फोट गराएका थिए।

जिम्वेवार

प्रधानमन्त्री बिनाली यिल्ड्रिमले प्रारम्भिक संकेत अनुसार तथाकथित इस्लामिक स्टेट समूहको संलग्नता देखिएको बताएका छन्।
टर्कीमा पछिल्ला समय गराइएका आक्रमणहरुमा कुर्दिश पृथकतावादी वा इस्लामिक स्टेट समूहको संलग्नता हुने गरेको बताइन्छ।
यात्रुको रुपमा इस्तानबुल विमानस्थलमा रहेका बीबीसी संवाददाता मार्क लोवेन भन्छन्,“आधा घण्टाअघि टर्किस एअरको विमानबाट मैले यहाँ अवतरण गरेँ। हामीलाई कुनै चेतावनी दिइएन र यहाँ अवतरण गर्न दिइयो तर अहिले हामीलाई विमानबाट ओर्लन दिइएको छैन र क्याप्टेनले विमानस्थलभित्र सुरक्षा खतरा रहेको बताइरहेका छन्।”लोवेनका अनुसार उक्त आक्रमण योजनाबद्ध देखिन्छ।
लामो समयदेखि आटुटर्क विमानस्थलमा आक्रमण हुन सक्ने जोखिम रहेको बताएको छ।
सामाजिक सञ्जालमा आएको एउटा भिडियो फुटेजमा प्रहरीले एकजना आक्रमणकारीलाई गोली चलाएको जस्तो देखिन्छ र घाइते भएर भूइँमा लडिरहँदा उनले आत्मघाती ‘भेष्ट’ विस्फोट गराएको जस्तो देखिन्छ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment