धान दिवस काे अवसरमा तेह्रथुम रोपाई कार्यक्रम सम्पन्न

भिडियो सहितहेर्नुहोस !
Advertisement
तेह्रथुम, १५ असार । १३ औँ धान दिवसका अवसरमा तेह्रथुममा पनि सामुहिक धान रोपाई कार्यक्रम सम्पन्न भएको छ । व्यावसायिक धान खेतीको आधार, सामुहिक नर्सरीको विस्तार भन्ने नारासहित कृषि विकास कार्यालयले आयोजना गरेको सामुहिक रोपाईमा जिल्ला न्यायधिस इन्द्रकुमार राई, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की लगायत कार्यालय प्रमुखहरु तथा सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, सन्चारकर्मी, स्थानीय किसान लगायतले सामुहिक धान रोपेका थिए ।
सदरमुकाम म्याङलुङको साब्ला बेँशीमा आयोजित रोपाईपछि दही चिउरा खाएर असार १५ अर्थात् दही चिउरा खाने दिनलाई समेत उत्साहका साथ मनाइएको छ । कार्यक्रममा सहभागी जिल्लाका प्रमुख व्यक्तित्वहरुले खेतीयोग्य जमीन बाँझिने र युवाहरु पलायन हुनेक्रम बढ्नु चुनौती रहेको भन्दै व्यवसायिक तथा आधुनिक कृषि प्रणालीमा युवाहरुको ध्यानाकर्षण गराइनुपर्ने जरुरी रहेको बताए । तेह्रथुम जिल्लामा यसवर्ष मध्य असार भइसक्दा करिब बल्ल १५ प्रतिशत रोपाई भएको कृषि कार्यालयले जनाएको छ ।
गतवर्ष जिल्लामा ९५ प्रतिशत रोपाई भएको थियो । जिल्लामा करिब ९ हजार हेक्टर जमीनमा धान खेती हुनेगरेपनि यो वर्ष विगत भन्दापनि बढी जग्गा बाँझिनेक्रम रहेको जनाइएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment