भिडियो सहितहेर्नुहोस !
Advertisement
काठमाडौं, १० असार । भूकम्प पछिको पुनर्निमाण लगायतका कार्य गर्न गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हाल सम्म एक लाख ५१ हजार घरधुरीसँग मात्रै अनुदान सम्झौता भएको जनाएको छ ।
पाँच महिनाको प्रगति विवरण सार्वजनिक गर्दै प्राधिकरणले ५ लाख ३३ हजार घर निजी आवास अनुदान पाउन योग्य भएपनि हाल सम्म एक लाख ५१ हजार घरधुरीसँग अनुदान सम्झौता भएको बताएको हो ।
गएको पुष १० गते स्थापना भएको प्राधिरकणले ७ लाख १७ हजार घरधुरी सर्वेक्षण गरेको थियो । तर, ५ लाख ३३ हजार घर निजी आवास अनुदान पाउन योग्य भएको सूची निकालेको छ ।
निजी घर बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत १२ अर्व ४४ करोड ६८ हजार रुपैयाँ निकासा भएकोमा २४ करोड ५९ लाख अनुदान ५ हजार घरधुरीको बैंक खातामा पुगेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणको समन्वय बिना आफैंले भूकम्प प्रतिरोधी घर बनाएका पीडितहरुलाई प्राविधिक जाँचपछि अनुदान उपलब्ध गराउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
भूकम्प प्रतिरोधी घर बनाउने प्राधिकरणले १७ वटा भूकम्प प्रतिरोधी घरका नमुना सार्वजनिक गरिएको, एक हजार तीन सय ४६ इन्जिनियर र एक हजार एक सय सव इन्जिनियरलाई तालिम दिएर गाउँ पठाएको बताएको छ । साथै विस्थापितका लागि ८२ वटा सामूहिक आवास निर्माण भैरहेको प्राधिरकणले जनाएको छ ।
प्राधिकरणका अनुसार आउँदो कात्तिकसम्म काम पूरा गर्नेगरी रानीपोखरीको पुनर्निर्माण भइरहेको छ । पाटनको मणिमण्डप, चाँगुनारायण, स्वयंभु जस्ता ५१ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्न टेन्डर प्रक्रिया सुरु भएको र धरहराको डिजाइनको लागि परामर्शदाता कम्पनी छनौट गरेर काम सुरु भएको पनि प्राधिकरणले जनाएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment