भिडियो सहितहेर्नुहोस !
Advertisement
धादिङ, १७ असार । अविरल परेको वर्षापछि धादिङको उत्तरी री गाउँ विकास समिति–९ चेप्राङमा पहिरो गएको छ । स्थानीयको घरका दाँया र बाँयाँबाट खसेको पहिरोका कारण ६ घरका २२ जना सो स्थान छाडेर अन्यत्र जान असफल भएका छन् ।
धादिङबाट तीन दिनको पैदल दुरीमा रहेको सो स्थानमा रहेका उनीको उद्वारका लािग जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी उद्वारमा खटिने बताइएको छ ।
घटनास्थल क्षेत्रको अवलोकनका लागि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी सहितको टोली सो स्थानमा पुगी सकेको छ । उनीहरुको उद्वारका लागि बिहीबार नेपाली सेनाको ठुलो आकारको हेलिकोप्टर पठाईएपनि अवतरण गर्ने ठाँउको अभावका कारण सफल हुन सकेको थिए ।
शुक्रबार सेनाको सानो आकारको हेलिकोप्टरको सहायताले उद्वार गर्ने बताइएकोे छ । घटना भएको सूचना पाएपछि प्रहरी घटनास्थलतर्फ पठाइसकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment