परीक्षामा चीट चोर्नेलाई पनि जेल सजाय !

भिडियो सहितहेर्नुहोस !
Advertisement

exam-cheatingनयाँ दिल्ली, उत्तरपूर्वी भारतमा परीक्षामा चीट चोरी गरेर लेखेको आरोपमा प्रहरीले एक विद्यालयमा अध्ययनरत १७ बर्षीया विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी अधिकारीले आइतबार सो जानकारी दिनुभएको छ प्राप्त समाचारमा जनाइएको छ । परीक्षामा चीट चोर्ने विद्यार्थीलाई पनि यसरी प्रहरीबाट पक्राउ गरिएको यो घटनामा भारतको इतिहासमा दुर्लभ घटना हो ।प्रहरीले गत शनिबार १७ बर्षीया रुबी रायलाई भारतको बिहार राज्यमा राज्यस्तीय परीक्षामा चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बिहार विद्यालय परीक्षा बोर्डको आदेशमा ती बालिकाको अन्तरवार्ता लिइएको र पुनःपरीक्षामा उनी अनुत्तीर्ण भएपछि उनलाई पक्राउ गरिएको साचारमा जनाइएको छ ।
उनलाई दुई हप्ताको जेल सजाय तोकिएको पनि सो समाचारमा बताइएको छ ।
आफ्नो विषयमा उत्कृष्ट भई उत्तीर्ण हुन सफल ती बालिका पुनःपरीक्षामा अनुत्तीर्ण भएपछि पक्राउ गरिएको बताइएको छ ।
यसरी आआफ्ना विषयमा उत्कृष्ट नम्बर ल्याएर पास भएका विद्यार्थीहरुले आफ्नै विषयको नाम नै राम्रोसँग उच्चारण गर्न नजान्ने भएपछि उनीसहित १७ जना उत्कृष्ट विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बिहारको विद्यालय तहको शिक्षा प्रणालीमा विगत लामो समयदेखिै नै प्रश्न उठ्ने गर्दछ । सिकाई प्रणाली नै सजिलो नभएको र यसका गर्दा विद्यार्थी कमजोर हुनपुगेको बताउने गरिन्छ ।
यसका साथै यस वर्षको वार्षिक परीक्षामा झन यी विद्यालयले विद्यार्थीको परीक्षा थप भरपर्दो र व्यवस्थितरुपमा लिने भन्दै परीक्षाका लागि अभिभावकबाट थप दस्तुर पनि लिएका थिए ।
यसरी परीक्षा लिँदा पनि यस पटकको परीक्षा मर्यादित र व्यवस्थित हुन नसकेको भन्दै अभिभावकहरुले विद्यालय र शिक्षकको कडा विरोध गरेका छन् ।
एक टेलिभिजनद्वारा लिइएको अन्तरवार्तामा उनले पोलिटिकल साइन्स्को उच्चारण राम्रोगरी गर्न पनि नसकेको र सो राजनीतिशास्त्र खाना पकाउने शास्त्रसँग सम्बन्धित हो भनि बताएपछि त्यहाँ भएका व्यक्तिहरु आश्चर्यचकित भएका थिए ।
उनीसँगै १८ व्यक्तिलाई गिरफ्तार गरिएको बिहार राज्यका वरिष्ठ प्रहरी निरीक्षक मनु माहाराजले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment