इटहरी जलमग्न, दर्जनौं घर डुबानमा

भिडियो सहितहेर्नुहोस !
Advertisement

इटहरी जलमग्न,  दर्जनौं घर डुबानमा




इटहरी–गए रातिदेखि अविरल रुपमा परेको पानीले टेङ्ग्रा खोलामा आएको बाढीले तटबन्ध कटान गरेर इटहरीका चारवटा वडाका मानव वस्तीमा प्रवेश गर्दा दर्जनौं घर डुबानमा परेका छन्। इटहरी–७ मा खोलाले बाँध कटान गरि मानव वस्तीमा प्रवेश गरेको हो।
    मानव वस्तीमा बिहान ६ बजे पसेको पानी नियन्त्रण गर्नका लागि सेना, सशस्त्र र जनपथ प्रहरीको टोली  खटिएको  छ। टोलीले बोरामा बालुवा, गिट्टी भरेर नियन्त्रणको काम गरिरहेका छन्। करिब १५ मिटर कटान गरि मानव वस्तीमा प्रवेश गरेको बाढी नियन्त्रण अझै पूर्ण रुपमा आइ सकेको छैन्। आज कटान गरेको बाढी नियन्त्रणमा आएपनि पुनः बाढी बढ्नासाथ कटान हुने सम्भावना गर्दा इटहरीको वडा नं. ७, ८, ९ र १० का बासीन्दा त्राहीमाम भएका छन् । ‘आज कटान गरेको ठाउँबाहेक अन्यत्र पनि कटान गर्ने सम्भावना छ,’ वडा नं. ७ को एकता टोल बिकास संस्था अध्यक्ष बोधनाथ सुवेदीले भने, ‘अब बाढी आउने वित्तिकै के हुने टुंगो नहुने भो ।’
इटहरीको चारवटा वडासँगै पुरै उपमहानगरपालिका क्षेत्रका वस्तीमा असर पुगेको छ। प्लटिङ् गरेर नयाँ वस्ती भएका ठाउँहरु पुरै डुबानमा परेका छन् । जग्गा कारोबारी गर्नेले मनोमानी ढंगले जग्गा बिक्री गरेर वस्ती बसेकाले गर्दा डुबान भएको हो।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment