भारतमा प्रधानमन्त्री ओलीको अर्को सफलता,

भिडियो सहितहेर्नुहोस !
Advertisement

Oli kok kaamकाठमाडौं । फागुन ७, नेपालमा प्रजातन्त्र दिवस मनाएर प्रधानमन्त्री ओली भारत उड्ने सुरसारमा थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उनले पत्रकारहरुलाई संक्षीप्त प्रतिक्रिया दिएका थिए कि- ‘अब मेरो भारत भ्रमण पछि नेपाली झण्डा भारतका घेरै स्थानमा फरफराउने छन् र नेपाललाई हित हुने काम मात्र गरेर फर्कने छु ।’ नभन्दै उनी भारत गएर कोलकता बन्दरगाहको विकल्प अर्थात् विस्तारका रुपमा भारतकै विशाखापटनम बन्दरगाह प्रयोग गर्ने सम्झाैता गरे । र त्यतीबेला त्यसको चर्चा भयो र प्रधानमन्त्री ओलीको भारत भ्रमणको सफलताका रुपमा यसलाई लिइयो ।नभन्दै भारतको विशाखापटनम बन्दरगाह नेपालका लागि औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपालका लागि शुक्रबार पहिलो कार्गो छुट्यो । त्यो पनि नेपाली झण्डा फरफराउँदै ।त्यसबेला विशाखापटनम बन्दरगाहमा रहेका नेपाल र भारतका सरकारी अधिकारीहरुले हरियो झण्डा फहराएर खुसी मनाए । मुख्य सचिव सोमलाल सुवेदीको समेत उपस्थितिमा शुक्रबार पहिलो कन्टेनर नेपालका लागि छुटेको थियो । यसक्रममा विशाखापटनम बन्दगाह ट्रष्टका अध्यक्ष एम.टी. कृष्ण बाबु नेतृत्वको टोलीले नेपाली टोलीसँगै झण्डा फहराए । प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भएको समझदारीको कार्यान्वयन सुरु हुने बेला मुख्यसचिव सुवेदीको नेतृत्वको ७ सदस्यीय नेपली प्रमण्डल विशाखापटनममा उभिएर हेरिरहेको थियो । उनीहरुलाई भारतीय अधिकारीहरुले यो बन्दरगाह प्रयोग पश्चात्को फाइदाका बारेमा अवगत गराए । यो सँगै नेपालले भारतको दोस्रो बन्दरगाह प्रयोग गर्न पाएको छ । दुरीका हिसाबले टाढा भए पनि सुविधाका हिसाबले यो बन्दरगाह नेपालका लाइ लाभदायक छ । भारतीय अधिकारीहरुले नै यो बन्दरगाह कोलकता भन्दा धेरै हिसाबले नेपालका लागि सुविधाजनक भएको बताए । कोलाकातामा साना जहाजहरु मात्र आउने तर, विशाखापटनम ठूला जहाजहरु चल्न सक्ने भएकाले एकै पटकमा कम लागतमा धेरै सामान ल्याउन सकिने छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment