भिडियो सहितहेर्नुहोस !
Advertisement
युवराज कँडेल, आर्थिक वर्ष सकिन दुई हप्ता मात्र बाँकी रहँदा बागलुङमा सञ्चालित आधा बढी योजना सम्पन्न हुन सकेका छैनन् । जिल्ला विकास समितिको कार्यालयमार्फत सञ्चालित पाँच सय ६९ योजना मध्ये दुई सय सात वटा मात्र योजना सम्पन्न भएका छन् ।ढिलो गरी बजेट आउँने र काम गर्नेले पनि अन्तिममा सम्झौता तथा भुक्तानी लिन आउँने गरेका कारण योजनाका काम सम्पन्न हुन नसकेको जिल्ला विकास समितिको कार्यालय बागलुङले जनाएको छ । चालु आर्थिक वर्षका लागि पुर्वाधारतर्फ चार सय ७५ र कार्यक्रमतर्फ एक सय दुई वटा आयोजना समावेश गरिएको जिल्ला विकास समितिको योजना अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिनुभयो ।
शाक्यका अनुसार वर्षभरी जिल्लामा सञ्चालित पाँच सय ६९ योजना मध्य तीन सय २८ वटा निर्माणाधीन रहेका छन भने १७ वटा योजनाहरु सम्झौता हुन सकेका छैनन् । जिविसमार्फत हुने योजना अनुगमनको पाटो फितलो हुँनु ठेकेदार तथा उपभोक्ता संस्थाहरुले लापरवाही रुपमा काम गर्ने भएकाले योजना सम्पन्न हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
जिल्ला विकास समिति बागलुङले जिल्लाका सबै गाविसमा सडक सञ्जाल पु¥याउँने उद्देश्यका साथ बजेट विनियोजन गर्दै आएपनि विभिन्न कारणले योजनाहरु सम्झौता हुन सकेका छैनन् । चालु आव सकिनै लाग्दा केही आयोजनाहरु विवादका कारण सम्झौता हुन नसकेको अधिकृत शाक्यले बताउनुभयो ।
तीन लाख रुपैयाँ भन्दा बढी रकमका योजनाहरु गाविस तथा नगरपालिकाको खातामा राखेर प्राविधिक टोलीहरु मिलान गरी पठाउनुपर्ने बाध्यताका कारण आयोजना समयमै सम्पन्न गर्न समस्या भएको छ । जिविस अनुदानअन्तर्गतका स्वीकृत ९९ योजना मध्य ४९ वटा सम्पन्न भएका छन् भने एउटा सम्झौता गर्न बाँकी रहेको छ ।
तीन लाख रुपैयाँ भन्दा बढी रकमका योजनाहरु गाविस तथा नगरपालिकाको खातामा राखेर प्राविधिक टोलीहरु मिलान गरी पठाउनुपर्ने बाध्यताका कारण आयोजना समयमै सम्पन्न गर्न समस्या भएको छ । जिविस अनुदानअन्तर्गतका स्वीकृत ९९ योजना मध्य ४९ वटा सम्पन्न भएका छन् भने एउटा सम्झौता गर्न बाँकी रहेको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment