भिडियो सहितहेर्नुहोस !
Advertisement
काठमाडौं, ८ असार । बुधबार बिहान बाटोमा हिड्दै गरेकी एक युवती माथि छुरा प्रहार भएको छ । बिहान ८ बजे बागबजारस्थित पुरानो बसपार्क नजिकै २१ वर्षीया सुष्मा थामी माथि छुरा प्रहार भउको हो । दोलखा लापिङकी सुष्मा बागबजारमा डेरा गरेर बस्दै आएकी थिईन ।
उनलाई दोलखा लापिङकै २१ वर्षीय झलकबहादुर थापाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । सुुष्माको श्रीमान बताउने झलकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुष्मासँग २ वर्ष पहिला आफ्नो विवाह भएको र घरायसी विवादका कारण केही महिनादेखि आफूहरु छुट्टाछुटै बस्दै आएको थापाले प्रहरीलाई बयान दिएका छन् । छुरा प्रहार गर्ने व्यक्ति सुष्माका पति हुन होईन खुल्न सको छैन ।
छुरा प्रहारबाट गम्भिर घाईते भएकी सुष्माको बागबजारस्थित मोडल अस्पतालमा उपचार भैरहेको छ । उनी बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment