दर्जनौँ गाविस डुबानमा

भिडियो सहितहेर्नुहोस !
Advertisement

duban-saptari-2सप्तरी,  लगातार परेको अविरल वर्षाका कारण खाँडो खोलामा आएको बाढीले दक्षिणी भेगका करिब एक दर्जनभन्दा बढी गाविस डुबानमा परेका छन् ।
खाँडो नदीमा आएको बाढीमा पानी हाल गाउँघरमा पसेपछि गाउँका झन्डै सयभन्दा बढी घरमा दुई फिटसम्म पानी जम्मा भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । साथै बाढीले तिलाठी–हनुमाननगर सडक खण्डको दुई किमी कटान गरेको बताइएको छ ।बाढीबाट राहत तथा उद्धार र बाँध मर्मतका लागि हाल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षको नेतृत्वमा १५ जनाको टोली त्यसतर्फ गएको छ । जिल्लाका दक्षिण भेगमा पर्ने सकपुरा लोनिया, तिलाठी, रमपुरा मल्हनिया सहितका गाविस र भारतसँग जोडिएको कुनोलीमा समेत बाढीले घर डुबानमा परेका बताइएको छ । 
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment