मुग्लिनमा पहिरोले थिच्दा कार चकनाचुर, सवाधानी अपनाउँदा यात्रु जोगिए

भिडियो सहितहेर्नुहोस !
Advertisement

pahiroleचकनाचुर, सवाधानी अपनाउँदा यात्रु जोगिए चितवन– लामो समय जाम हुने नारायणगढ मुग्लिन सडक खण्डाको यात्रा असुरक्षित पनि हुन थालेको छ। सोमबार मध्यरातमा भएको घटनाले सो सडकमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने खतरा बढेर गएको छ। नारायणगढ मुग्लिन सडक आयोजना कार्यालयले दिएको जानकारी अनुसार पहिरोमा परेर बा१४चसोमबार राति ११ बजे मुग्लिनदेखि पश्चिम नारायणगढतर्फ पाँच किलोमा सो घटना भएको निर्माण आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए। ‘टाढैबाट अगाडि स–साना ढुंगा झरेको देखेपछि गाडी रोकेर सुरक्षित स्थानमा लागेका कारण कारमा सवारलाई केही भएन। कारमाथि केही क्षणमै पहिरो खस्यो र चकनाचुर भयो,’ इन्जिनियर खनालले भने।आयोजनाले जुन सुकै बेलामा पनि पहिरो जाने समस्या रहेको सो सडकमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गर्दै आएको छ। वर्षाका बेलामा सकेसम्म बैकल्पिक मार्गबाट जान पनि भनेको छ। सोमबार सो सडक १० घण्टा बन्द भएको थियो। दुई लेनको बनाउने काम सुरु भएसँगै सो सडक पहिरोको जोखिममा परेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनले ग१च ४९८९ नम्बरको अर्को कार पनि पहिरोको चपेटामा परेको जानकारी दिएको छ। कारमा सवार कसैलाइै केही नभएको र उनीहरुको विवरण लिने काम भइरहेको मुग्लिन प्रहरीले जानकारी दिएको छ। काठमाडौं र पोखरालाई पूर्व पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको सो सडक खण्ड भएर दिनहुँ १० हजारका हाराहारीमा सवारी साधन ओहर दोहर गर्छन् ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment