एसएलसीमा कम ग्रेड ल्याएका २ लाख विद्यार्थीको भविष्य अन्यौलमा

भिडियो सहितहेर्नुहोस !
Advertisement

योगेन्द्र तामाङ-यसवर्षदेखि एसएलसीमा ग्रेडिङ प्रणाली शुरु हुने घोषणासँगै शुरु भएको अन्यौल एसएलसीको नतिजा आई कलेज भर्ना हुने बेला हुँदासम्म पनि चिर्न सकेको छैन । ग्रेडिङ प्रणाली लागू भएपछि पासफेल नहुने भनिएको एसएलसीमा कमजोर विद्यार्थी अर्थात डि र ई ग्रेड ल्याउने विद्यार्थीहरुले कक्षा ११ मा भर्ना हुन नपाउँने भएपछि उनीहरुको भविष्य कतातिर लैजाने भन्नेबारेमा सरोकारवालाहरुले चिन्ता व्यतm गरेका छन ।एसएलसी नतिजामा कमजोर देखिएका विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा लैजाने शिक्षा मन्त्रालयको योजना छ । तर उसको उक्त योजना व्यवहारिक नभएको प्राविधिक शिक्षालय सिटिइभिटिको दाबी छ । प्राविधिक शिक्षामा कमजोर विद्यार्थीहरुलाई मात्र थुपार्न नहुने भन्दै उसले प्राविधिक शिक्षा लिन पनि कम्तीमा ग्रेड सि नै ल्याउनुपर्ने अडान लिएको छ ।

पुन परीक्षा दिन समेत नपाउने भएपछि अघिल्लो एसएलसी भन्दा बढि विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको सरोकारवालाहरुको आरोप छ । तर शिक्षा मन्त्रालयले भने कमजोर विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा लैजाने योजना रहेको रटान दोहोर्याएको छ । कमजोर विद्यार्थीलाई टिएसएलसीमा सहभागी गराएर भएपनि उच्च शिक्षाका लागि बाटो खोल्न सकिने मन्त्रालयको कथन छ । बाइट
यस वर्षको एसएलसी परीक्षाको नतिजा अनुसार देशभरमा लगभग २ लाख विद्यार्थी कमजोर तहमा परेका छन् । तर सिटिभिटिइले भने २५ हजार जना विद्यार्थीलाई मात्र टिएसएलसी दिलाउने र २० हजार विद्यार्थीलाई डिप्लोमा पढाउन सकिने जनाएको छ । यस्तो अवस्थामा बाकीँ रहेका विद्यार्थीको भविश्य भने अन्यौल हुने निश्चितप्रायः छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment