भिडियो सहितहेर्नुहोस !
Advertisement

काठमाडौं, ८ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानस्तानमा आतंककारी हमलामा मारिएका र घाइतेहरुलार्इ सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आतंककारी आक्रमणमा मारिएका १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली दिएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन् ।‘कस्तो सहयोग गर्न सकिन्छ, सरकारले उपयुक्त निर्णय लिन्छ’ उनले भने । प्रधानमन्त्री ओलीले मृतकप्रति फुल चढाएर श्रद्धान्जली व्यक्त गरेका थिए । अहिले मृतकका आफन्तलाई शव वितरण गर्न सुरु गरिएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment