भिडियो सहितहेर्नुहोस !
Advertisement
मिडिया एनपी, काठमाडौं, ६ असार । आमा उमेरकी अभिनेत्री गोरी मल्लसँग स्क्रिन शेयर गर्न पाउँदा आफू खुुशी भएको छोरा पुस्ताका एक कलाकार नाजिर हुँसेनले एक सार्वजनिक कार्यक्रममा बताए । सोही कार्यक्रमको अग्रभागमा रहेर अभिनेत्री मल्लले तुरुन्तै नाजिरलाई ‘तिमी मेरो प्रेमी बनेर फिल्म खेल्न लागेको हौ र ?’ भन्ने जवाफ फर्काइन ।
नाजिर केहि समय छक्क परे, केहि क्षणमै गौरीसँगै नाजिर हासेँ, उनीहरुसँगै उपस्थित सबैजना हासेँ । यहि माहोलमा निर्देशक मिलन चाम्सले नयाँ चलचित्रको घोषणा गरे । हसियाँ र बिर बिक्रम चलचित्र निर्देशन गरेर सफल निर्देशकको सुचीमा परेका निर्देशक मिलन चाम्सले ‘ब्लाईन्ड रक्स’नामक चलचित्रको सोमबार राजधानीमा औपचारिक घोषणा गरेका हुन् ।
एक दृष्बििहिनको जीवनलाई केन्द्रमा राखेर बन्न लागेको यो फिल्म कार्तिक १८ गतेबाट छायाँकनमा जाने भएको छ । अर्पण थापा, बेनिसा हमाल, नाजिर हँुसेन मुख्य भूमिकामा रहने यो फिल्मले १६ वर्षमा मोतिबिन्दुुबाट आफ्नो आखाँको दृष्टि गुमाएकी श्रृष्टि के.सीको जीवन संघर्षलाई प्रस्तुत गर्ने छ ।
विभिन्न सञ्चार माध्यममा श्रृष्टिका प्रेरणादायी कुरा सुनेका निकेश लिम्बुले उनकै कुराबाट प्रभाभित भएर यो चलचित्रमा लगानी गर्न लागेका हुन् । चाम्स ईन्टरटेन्टमेन्ट र एन फिल्मस क्रियसनको ब्यानरमा बन्न लागेको चलचित्र काठमाडौं र भारतका विभिन्न स्थानमा छायाँकन गरिने छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment