अमेरिकी हलमा आर्यनको क्रेज

भिडियो सहितहेर्नुहोस !
Advertisement

Aryan



 काठमाडौं, ६ असार । नेपालमा गत वैशाख ३१ गतेबाट रिलिजमा आएर सफल भएको चलचित्र ‘के म तिम्रो होइन र’ विदेशमा पनि प्रदर्शन सुरु भएको छ । जुन १८ देखि अमेरिकाको सान फ्रान्सिस्कोबाट ‘के म तिम्रो होइन र’ विदेशी प्रदर्शन सुरु भएको हो । आकाश अधिकारी निर्देशनमा बनेको ‘के म तिम्रो होइन र’ अमेरिकाको सान फ्रान्सिस्कोमा अवस्थित ‘मचान थिएटर, अल्मेडा’मा सफल प्रदर्शन भएको निर्माण पक्षले जनाएको छ ।
यहि फिल्म मार्फत चलचित्र क्षेत्रमा आएका आर्यन अधिकारीले अमेरिकाको दर्शकको राम्रो साथ र माया पाएका छन् । उनले उक्त माया र साथलाई फेसबुक मार्फत पनि शेयर गरेका छन् । आर्यन अमेरिकामा नै चलचित्र सम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका हुन् ।
आकाश भने जुलाइको दोश्रो साता अष्ट्रेलिया हुँदै अमेरिका पुग्नेछन् । अष्ट्रेलिया, आयरल्याण्ड र यूकेमा पनि यो फिल्म प्रदर्शन हुँदै छ । चलचित्रमा आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा छन् । सुरेश अधिकारीले यो चलचित्रको निर्माण गरेका हुन् ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment