आयोजक फ्रान्सलाई उसकै घरेलु मैदानमा हराएर युरोकपको उपाधि चुम्यो पोर्चुगलले

भिडियो सहितहेर्नुहोस !
Advertisement
portugमिडिया एनपी, काठमाडौँ, २७ असार । आयोजक फ्रान्सलाई उसकै घरेलु मैदानमा हराएर युरोकप फुटबलको उपाधि पोर्चुगलले चुम्न सफल भएको छ ।गएराती पौने एक बजे पेरिसको स्टेड डी फ्रान्समा भएको खेलमा फ्रान्सलाई अतिरिक्त समयमा १–० ले हराएर युरोपको च्याम्पियन बन्न पुग्यो पोर्चुगल ।
खेलको पहिलो हाफमा नै पोर्चुगलका कप्तान क्रिश्चियानो रोनल्डो अचानक हुँदा बन्दा मैदान नै छाड्नुपर्ने स्थिीति सिर्जना भएपछि पोर्चुगल थप दबाबमा देखिएको थियो ।यद्यपी घरेलु मैदान र समर्थकको दबाब झेल्दै पोर्चुगलका सब्सटिच्युट खेलाडी ईडरले गरेको गोलले नै उसले इतिहाँस रच्न सफल भएको हो ।
ईडरले अतिरिक्त समयको १९ औं मिनेटमा पोर्चुगलका लागि एक गोल गरेपछि फ्रान्स दबाबमा देखियो बाँकी समयमा फ्रान्सका खेलाडीले केही अवसर सिर्जना गरेपनि गोलमा बदल्न नसक्दा खेल पोर्चुगलले एक शून्यले जित्यो । जुन उपाधि उसले युरोकपको ३५ औं खेलमा कब्जा गर्न सफल भएको हो ।
सन् २००६ को विश्वकपमा सेमिफाइनल, २००८ को युरोकपको क्वाटरफाइनल तथा २०१२ को युरोकपमा सेमिफाइनलमा पराजित भएको पोर्चुगलले अन्ततः रोनाल्डोको कप्तानीमा महत्वपूर्ण उपाधि उचाल्यो ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment