भारत लगिदै गरेका बालबालिकाको उद्धार

भिडियो सहितहेर्नुहोस !
Advertisement

धनगढी, १९ असार । कैलालीको टीकापुर नगरपालिकाका पाँच छात्रा र दुई छात्रलाई पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार विद्यालय जान भनी असार १६ गते घरबाट हिँडेका ती बालबालिका सम्पर्कमा नआएपछि अविभावकले दिएको निवेदनका आधारमा गरिएको खोजतलासका क्रममा भारत जान लागेको अवस्थामा कञ्चनपुर प्रहरीको सहयोगमा शुक्रबार उद्धार गरिएको हो ।
टीकापुरको कर्णाली माविका कक्षा ८ मा अध्ययन गर्ने चार छात्रा र दुई छात्र तथा खड्क स्मृति उमाविमा कक्षा ८ मा अध्ययन गर्ने एक छात्रालाई सीमा नाकाबाट उद्धार गरिएको टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले शनिबार बताए ।
पैसा कमाउन भन्दै भारत जान लागेका १४÷१५ वर्ष उमेरका ती बालबालिकालाई भारत जाने भाडा रकमको जोहो गर्न कानमा लगाएको सुनको गहना बेच्न लागेको अवस्थामा गड्डाचौकीमा फेला परिएको जनाइएको छ । प्रहरीले यी छात्रछात्रालाई सम्बन्धित अविभावकको जिम्मा लगाएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment