भिडियो सहितहेर्नुहोस !
Advertisement
काठमाडौं । वेल्सका स्ट्राइकर ग्यारेथ बेलले क्रिष्टियानो रोनाल्डोलाई चेतावनी दिएका छन् कि वेल्स पोर्चुगलविरुद्ध नयाँ इतिहास बनाउन तयार छ । बेल्जियमलाई ३–१ ले हराउँदै ड्रागन टिम पहिलो पटक युरोकपको सेमिफाइनलमा पुगेको छ र बुधबार रोनाल्डो नेतृत्वको पोर्चुगलको सामना गर्दैछ । रियल मड्रिडका स्टार बेलले आफ्ना साथीहरुलाई क्लब टिममेट रोनाल्डो र र उनलको पोर्चुगिज टिमलाई हराएर फाइनलमा स्थान बनाउन प्रेरित गरिरहेका छन् ।र, यदि वेल्सले उपाधि जितेको अवस्थामा खेलाडी र स्टाफले ७.२ मिलियन पाउण्ड बोनस पाउनेछन्, जुन २१.८ मिलियन पाउण्डको उपाधि रकमको एक तिहाइ हो । वेल स्टार बेलले भनेका छन, ‘चम्कनका लागि यो हाम्रो समय हो । बुधबारको दिन अद्भूत दिन हुनेछ ।’ आफूहरुले इतिहास बनाइसकेको भन्दै उनले अघि भने, आश गरौं हामी थप (इतिहास) बनाउने छौं ।’ वेल्स लगभग फाइनलमा पुगिसकेको हो भन्ने प्रश्नमा बेलले भने, ‘यो हाम्रो हातमा छ ।’ यसअघि गरेका गल्तीबाट पाठ सिक्दै बलियो आत्मविश्वासका अघि बढेको उनले बताए ।
एजेन्सी
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment