धार्मिक सहिष्णुताको लागि अहमदिय संघको सम्मेलन

भिडियो सहितहेर्नुहोस !
Advertisement

sammelanकाठमाडौं, २७ असार । ईस्लाम धर्मावलम्बिहरुको विश्वब्यापी सस्था अहमदीय संघ नेपालले काठमाडौमा सर्वधर्म सम्मेलनको आयोजना गरेको छ ।

धार्मिक कट्टपन्थी विरुद्ध मानवता सर्वप्रथमको नारा लिएर विश्व ब्यापी रुपमा क्रियाशील सो सस्थाले शनिवार काठमाडौमा आयोजना गरेको सम्मेलनमा सनातन हिन्दु, बौद्ध, जैन, शिख लगायतका धर्म गुरुको उपस्थितिमा धार्मिक सहिष्णुता कायम गरेर कसरी शान्ति कायम गर्ने भन्ने विषयमा छलफल भएको आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।पत्रकार सम्मेलनमा संघका नेपाल हेर्ने प्रमुख भारत पञ्जाबका मुनिर अहमद हाफिजाबादीले अहमदीय संघले धर्मको नाममा हुने सबै खाले आतंकबादी क्रियाकलापको विरोध गर्ने र सबै धर्मावलम्बिहरुको सम्मानबाट सद्भाव कायम गर्दै सबै साथ लिएर विश्वशान्तिकोलागि अघि बढ्ने उद्देश्य लिएको बताए ।
उनले ईस्लाम धर्मले कसैलाई पनि मार्नु भनेर कतै नभनेको स्पष्ट पार्दै कुरानमै सबै ऋषिमुनिहरुलाई अपमान गर्न नहुने उल्लेख भएको बताए ।
सस्थाका नेपाल अध्यक्ष कमरुल होदा अन्सारीले बुद्ध, राम, कृष्ण, मोहम्मद पैगम्बर सबै ईश्वरका दुत भएको भन्दै अरु धर्म गुरुहरुलाई पनि सम्मान गर्न सके समाजबाट सबै खाले धार्मिक द्धन्दको अन्त्य हुने विश्वास ब्यक्त गरे ।
उनले सस्थाको प्रमुख सिद्धान्त नै सबैसँग प्रेम गर, कसैलाई घुणा नगर र मानवता पहिलो भन्ने रहेकोले आफूहरुलाई कट्टरपन्थी मुसलमानहरुले ईस्लामै नठान्ने गरेको गुनासो गरे ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment