भिडियो सहितहेर्नुहोस !
Advertisement
काठमाडौं : नेपाल आयल निगमले शुक्रबार माग भन्दा कम पेट्रोल दिएपछि आइतबार बजारमा अभाव देखिएको छ।नारायणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध भएपछि पेट्रोलियम पदार्थ आउन नसकेपछि निगमको थानकोट डिपोले शुक्रबार चार लाख लिटर मात्रै पेट्रोल दिएको थियो। शनिबार सार्वजनिक विदा भएकाले निगमले पेट्रोलियम पदार्थ दिएन।
शुक्रबार कम परिमाण र शनिबार पेट्रोल नदिँदा बजारमा अभाव भएको हो। तर यत्तिकैमा आत्तिनु पर्ने भने छैन। किनभने निगमले आइतबार सवा ६ लाख लिटर पेट्रोल दिएको छ।थानकोट डिपो प्रमुख नेत्र काफ्लेका अनुसार आइतबार दिएको पेट्रोलले बजारको अभाव समाधान हुनेछ । उनले सडक अवरुद्ध भएकाले पेट्रोलियम पदार्थ आउन नसकेर समस्या भएको बताउँदै यी अल्पकालीन समस्यालार्इ हल गरेर आपूर्ति सहज बनाउने प्रतिवद्धता गरे।
निगमको थानकोट डिपोमा पेट्रोलको भण्डारण क्षमता कम भएकाले एक दिन तेल काठमाडौं नआउँदा पनि समस्या हुने गरेको छ । निगमको थानकोटको पेट्रोल भण्डारण क्षमता २५ लाखको हाराहारीमा मात्रै छ। (यसमा प्रयोग गरिएको फोटो फाइल हो)
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment