पोखरा–दिल्ली बस सेवा शुभारम्भ

भिडियो सहितहेर्नुहोस !
Advertisement
df]8{g O/f 6';{ P08 6«feN;åf/f ;~rfngdf NofPsf] kf]v/faf6 lbNnL hfg] g]kfn ef/t d}qL a;nfO{ cfh kf]v/faf6 labfO ul/+b} . df]8{g O/f 6';{ P08 6«feN; / ef/t ;/sf/sf] pQ/k|b]z kl/jxg lgudn] ;+o'Qm ?kdf kf]v/f–lbNnL–kf]v/f a; ;]jf ;~rfng u/]sf x'g . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;पोखरा । मोर्डन इरा टुर्स एन्ड ट्राभल्सmले सञ्चालनमा ल्याएको पोखरा दिल्ली मैत्री बस सेवा आजदेखि औपचारिकरुपमा शुभारम्भ भएको छ । बस सेवाको गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रणजीत रायले आज संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्तरुपमा बस सेवा सञ्चालन गर्ने भएपछि आज उक्त सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रमममा मन्त्री बस्नेतले पोखरा र नयाँ दिल्लीबीच बस सेवा सञ्चालन हुनु पोखराको पर्यटकीय विकासका लागि महत्वपूर्ण उपलब्धि भएको र यसले दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व मन्त्री सत्या पहाडीले यातायात सेवा सञ्चालनले दुई देशका नागरिकबीच नयाँ सम्बन्ध एवम् सद्भाव कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत रायले पोखरासँग यातायात सेवा जोडिएसँगै यहाँ आउने पर्यटकहरू अन्नपूर्ण मुक्तिनाथ जस्ता विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न जान सक्ने उल्लेख गर्नुभयो । ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले यातायात सेवा सञ्चालनसँगै शिक्षा स्वास्थ्य लगायत विभिन्न प्रयोजनमा आवत जावत गर्ने सर्वसाधारण लाभान्वित हुने बताउनुभयो ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment